चिलिमे जलविद्युतको लाभांश प्रस्ताव, हेर्नुहोस् कति दिँदै छ बोनस र नगद


ज्ञानमाण्डू।चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल मङ्सिर २४ गते, शुक्रबारका दिन बसेको सञ्चालक समितिको ३९२ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल १५ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

जलविद्युतको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ खुद मुनाफाबाट हाल कायम चुक्ता पूँजी ६ अर्ब २८ करोड ७ लाख ३९ हजार २३२ रुपैंया ७७ पैसाको ७.५ प्रतिशतले हुन आउने ४७ करोड १० लाख ५५ हजार ४४२ रुपैँया ४६ पैसा बराबरको बोनस शेयर र ७.५ प्रतिशतले हुन आउने नगद लाभांश(कर प्रयोजनार्थ) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने चिलिमे जलविद्युत कम्पनी लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा चिलिमे जलविद्युत कम्पनी लिमिटेडले कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने बोनस शेयर र १० प्रतिशतले हुन आउने नगद गरि जम्मा २० प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x