नेप्सेमा सांग्रिला डेभेलपमेन्ट बैंकको १३ लाख कित्ता बोनस शेयर सूचीकृत

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार, अषाढ २० गतेका दिन सांग्रिला डेभेलपमेन्ट बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा आइतबार सांग्रिला डेभेलपमेन्ट बैंकको कुल १३ लाख ३ हजार ३२०.२० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


सांग्रिला डेभेलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । बैंकको सोहि बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो।

शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x