आठ गजलकारका प्रस्तुति फागुन १० मा

ज्ञानमाण्डू।गजल सन्ध्या पोखराले आफ्नो नियमित गजल वाचनको २००औँ शृङ्खलामा आठ गजलकारका ४० गजल प्रस्तुत गर्ने भएको छ । यही फागुन १० गते विशेष कार्यक्रमका साथ यहाँका चर्चित गजलकारलाई एकसाथ उभ्याउने तयारी भएको गजल सन्ध्या पोखराका अध्यक्ष मोहन भण्डारीले जानकारी दिए ।

‘गजलको उत्थान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ वि.सं. २०५९ मा यहाँ सो संस्था स्थापित भएको थियो । उनले यस पटकको विशेष अवसरमा पूर्वअध्यक्षहरूले संयुक्त गजल वाचन गर्ने बताए । कार्यक्रममा संस्थापक अध्यक्ष दिलीप दोषीका साथमा दीपक समीप, रुपिन्द्र प्रभावी, कपिल शर्मा, मन क्षेत्री, उदीपराज ढुङ्गाना, विर्सना बस्नेत र अमृत सुवेदीले पाँच/पाँच गजल प्रस्तुत गर्ने छन् ।

नेपाली गजलको उत्थानमा क्रियाशील संस्थाले नियमित गजल वाचनका साथै विभिन्न विचार गोष्ठी, गजल प्रशिक्षण कार्यशाला,संयुक्त गजल सङ्ग्रह प्रकाशन लगायत गतिविधि सञ्चालन गर्दै आएको छ । संस्थाले हरेक महिनाको दोस्रो शनिवार नियमित गजल वाचन र तेस्रो शनिवार नवनीत साहित्य सागरसँगको संयुक्त आयोजनामा ‘अक्षर यात्रा’ कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आइरहेको संस्थाका सचिव त्रुपकले जानकारी दिए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x