एनएमबि बैंकको नाफा २ अर्ब २७ करोड, वितरण याेग्य मुनाफा १ अर्ब ४२ करोड

ज्ञानमाण्डू। एनएमबि बैंकको नाफा ०.५९ प्रतिशतले बढेकाे छ । आ.व. २०७५/७६ को चाैथाे त्रैमास सम्ममाबैङ्कले २ अर्ब २५ करोड ७२ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैंकले २ अर्ब २७ करोड ६ लाख ७० हजार रुपैयाँ नाफा कमाएको देखिन्छ । 

 

१३ अर्ब ९५ करोड ९ लाख ८७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबि बैंकले १ खर्ब ३१ अर्ब ६६ करोड ३ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब ७० करोड ३२ लाख ५५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब ८३ करोड १२ लाख ८५ हजार रुपैयाँ र संचित मुनाफा ९६ कराेड ४० लाख १४ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३०.२० प्रतिशतले
बढेर ५ अर्ब ५२ करोड ५६ लाख १४ हजार रुपैयाँ पुगेकाे छ ।
 
त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब ४२ करोड ६८ लाख २९ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात २.६८ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १६ रुपैयाँ २८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५७ पैसा छ र मूल्य आम्दानी अनुपात २४.३९ गुणा छ ।

NMB Bank Limited

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x