ज्योति लाइफको आईपीओमा हालसम्मकै उच्च आवेदन, माग भन्दा ६.४० गुणा बढी आवेदन


ज्ञानमाण्डू।ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन २१ गते देखि बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा हालसम्मकै उच्च आवेदन परेको हो । 

आवेदन दिने आन्तिम दिन, फागुन २६ गते बुधबारसम्म बिक्री प्रबन्धक एनएमबि क्यापिटलको तथ्यांक अनुसार ज्योतिको लाइफ इन्सुरेन्सको प्राथमिक शेयर(आइपीओ)मा १८ लाख ४ हजार ६४८ जना सर्वसाधारण लगानीकर्ताले आवेदन कुल ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार मंगलबार फागुन २५ गते साँझ कार्यालय समयसम्ममा ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा १५ लाख ७० हजार ४१४ जनाले ३ अर्ब ३४ करोड ६७ लाख ५७ हजार रुपैयाँ बराबरको ३ करोड ३४ लाख ६७ हजार ५७० कित्ताका लागि आवेदन दिएका थिए ।

ज्योति लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता प्राथमिक शेयर(आईपीओ) निष्काशनमा ल्याएको हो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरि अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशनमा ल्याएको बाँकी रहेको कुल ५९ लाख ४० हजार कित्ता प्राथमिक शेयर (आईपीओ) मा ६.४० गुणा बढी आवेदन परेको छ जुन हालसम्मकै उच्च आवेदन हो ।

कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले ‘केयरएनपी ‘आइआर बीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीले समयमा नै कम्पनीको दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित लगानी रहेको जनाउँदछ।

हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। सर्वसाधारणलाई आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x