इन्फिनिटी लघुवित्तको आकर्षक लाभांश प्रस्ताव, हेर्नुहोस् बोनस र नगद कति ?


ज्ञानमाण्डू।इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल मङ्सिर ४ गते, शनिबारका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ सम्मको संचित वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल २९.१६ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

लघुवितको सञ्चालक समितिको बैठकले साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरेपश्चात आ. व. २०७७/०७८ सम्मको संचित वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३२ करोड ४६ लाख ३ हजार ४७२ रुपैंयाको २७.७० प्रतिशतले हुन आउने ८ करोड ९९ लाख ९ हजार ८१२ रुपैँया ७४ पैसा बराबरको बोनस शेयर र १.४६ प्रतिशतले हुन आउने ४७ लाख ३२ हजार ९५ रुपैंया ४१ पैसा बराबरको नगद लाभांश(कर प्रयोजनार्थ समेत) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

Click here to join Gyanmandu.com's Viber Community




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x