अनौठो गुफाको संरक्षण हुन सकेन

ज्ञानमाण्डू।रामपुर नगरपालिकामा फेला परेको अनौठो प्रकृतिको गुफाको संरक्षण हुन सकेको छैन । गुफा फेला परेको लामो समय बितिसक्दा पनि संरक्षणको पहल हुन नसकेकामा स्थानीयवासीको गुनासो छ । 

रामपुर नगरपालिका–४ स्थित भुलादी खोलाको भुद्रुङ्गघाटमा फेला परेको अनौठो प्रकृतिको गुफाको अध्ययन–अनुसन्धान तथा संरक्षण नहुँदा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । विसं २०७५ को वैशाख तेस्रो हप्ता फेला परेको अनौठो प्रकृतिको गुफा हेर्नेको धेरै मानिसको आकर्षण बढ्यो । गुफा फेला परेपछि अवलोकन गर्न जानेको भीड बढ्न थालेपछि रामपुर नगरपालिकाले सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै गुफा बन्द गर्‍यो । 

स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो । करिब १५० मिटर लम्बाइ रहेको गुफा फेला परेको स्थानीयवासी दिनेश कुमालले सम्बन्धित निकायमा जानकारी दिएपछि यसप्रति धेरैको चासोको बढ्यो । 

गुफाभित्र शिव लिङ्ग, हात्तीका चित्र, शङ्ख, विभिन्न भगवान्का आकृतिहरू रहेका छन् । गुफाको भित्री भाग फैलिएकाले गुफाभित्र करिब एक हजार मानिस अट्ने क्षमता रहेको लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउँछन् । “म आफैँ गुफाभित्र पसेर अवलोकन गरे, त्यहाँ विभिन्न आकृतिका भगवान्का तस्बिरहरू छन्, ओडारहरू, चमेराहरू छन्, पुरै गुफा अवलोकन गर्न करिब एक घण्टाको समय लाग्यो”, उनको भनाइ छ  । 

गुफा संरक्षण गरेर प्रशस्त आयआर्जन गर्न सकिने माध्यम भए पनि रामपुर नगरपालिकाले संरक्षणमा चासो नदिएको उनले बताएका छन् । गुफालाई संरक्षण गरेर आयआर्जन बढाउन सक्ने प्रशस्त सम्भावना छ । 

गुफा फेला परेको लामो समय बितिसक्दा पनि नगरपालिकाले संरक्षणमा तदारुकता नदिएको स्थानीयवासी हमिद अलिमियाँ बताउँछन्। “गुफा सुरक्षित खालको छ कि छैन भनेर यससँग सम्बन्धित विज्ञ व्यक्ति बोलाएर अध्ययन–अनुसन्धान गर्न पटक पटक नगरपालिका कार्यालय तथा वडा कार्यालयमा अनुरोध गरिरहेका छौँ तर सुनुवाइ अहिलेसम्म हुन सकेको छैन”, अलिमियाँको भनाइ छ । 

यस क्षेत्रमा विभिन्न साना–ठुला गरी करिब एक दर्जनको हाराहारीमा गुफाहरू छन् । अहिलेसम्म कुनै पनि गुफाको संरक्षण र प्रवर्द्धन हुन सकेको छैन । यिनै गुफाहरू संरक्षण गरेर नगरको आयस्रोत बढाउन सकिने भए पनि नगरपालिकाले यसतर्फ चासो नदिँदा आयस्रोत नै गुमिरहेको छ । अन्यत्र स्थानमा कृत्रिम ताल, गुफा निर्माण गरी पर्यटक भित्र्याउने होडबाजी चलिरहेको छ तर प्राकृतिक रूपमा रहेका ऐतिहासिक गुफाको महत्त्व र आयस्रोततर्फ नगरले संरक्षण र प्रवर्द्धनमा तदारुकता नदेखाउँदा ओझेलमा परेका छन् । 

रामपुर नगरपालिकाको गौरवको योजनामा यस गुफालाई समेटिएको वडा नं ४ का अध्यक्ष एकबहादुर नेपाली बताउँछन्  । “गुफाको प्रवर्द्धन र पर्यटन विस्तारका लागि डिपिआर गर्ने भन्ने कुरा भएको छ तर अहिले प्रक्रिया अगाडि बढाइएको छैन, विज्ञसहितको टोलीले अध्ययन–अनुसन्धान गरेपछि मात्र प्रक्रिया अगाडि बढ्नेछ”, अध्यक्ष नेपालीले भने । 

विज्ञसहितको टोलीलाई नगरपालिकाले अवलोकनका लागि अनुरोध गरे पनि उनीहरूको समय अभावका कारण अनुसन्धान हुन नसकेको अध्यक्ष नेपालीको भनाइ छ । कालीगण्डकीको तट नजिकै रहेको यस क्षेत्रमा गुफा संरक्षण र प्रवर्द्धन गरेमा पर्यटक ठुलो सङ्ख्यामा भित्रिनेछन् । यहीँ गुफा नजिकै भगवान् रामचन्द्रले नुहाएको रामघाट पर्छ । यहाँ ऐतिहासिक धार्मिक लक्ष्मीनारायण मन्दिर छ । 

रामघाट क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै छ । रामघाट अवलोकन तथा स्नान गर्न आउने पर्यटक गुफा अवलोकन गरेर फर्कने वातावरण नगरले मिलाउन सक्यो भने गुफाबाटै राम्रो कमाई गर्न सकिन्छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x