सुनको भाउमा आकर्षक वृद्धि, एकैदिन तोलामा १ हजार रुपैयाँ बढ्यो



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुष २ गते, शुक्रबारका दिन छापावाला सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात विहीबार पुष १ गतेका दिन, छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन विहीबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले बढेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x