माछापुच्छ्रे बैंकको अत्याधुनिक ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’

ज्ञानमाण्डू।आफ्ना ग्राहकमहानुभावहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैङ्कले ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । ग्राहक महानुभावहरूलाई छिटो छरितो र सहज रूपमा सुविधा प्रदान गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैङ्कले अन्तर्राष्ट्रिय स्तर को SIP PBS मा आधारित IVR बैङ्किङ र Audio Notice सहितको अत्याधुनिक प्रविधिको Omni-Channel ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । गाह्रकले बैङ्कको विभिन्न सामाजिक सञ्जाल मार्फत सिधै माछापुच्छ्रे ग्राहक सेवा केन्द्र मा सम्पर्क स्थापित गर्न सक्नेछन् ।
बैङ्कको गुणस्तरीय सेवा विस्तारका साथै देश तथा विदेशमा रहेका ग्राहकहरूलाई बैङ्कसँग सम्बन्धित सूचना आदान–प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भूमिका खेल्नेछ । ग्राहक महानुभावहरूले ०१५९७०५५५ नम्बरमा फोन गरी आफूलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्नेछन् । जसबाट ग्राहकहरूले बैङ्कसँग सम्बन्धित विभिन्न सेवा, सुविधा, सूचना, गुनासो तथा अन्य कुराहरूको जानकारीका लागि बैङ्कसम्म पुग्न सहज हुनेछ । 

स्थापना कालदेखि नै नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैङ्कले मोबाइल बैङ्किङ सेवा, इन्टरनेट बैङ्किङ सेवा, अनलाइन मार्फत खाता एवं मुद्दती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहक माझ ल्याइसकेको  छ । 

माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १४५ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस (POS Machine) मार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x