धितोपत्र बजारमा ५४.३१ अंकको वृद्धि, नेप्से परिसूचक ३०५८.६३ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५४ दशमलव ३१ अंकले बढेर ३०५८ दशमलव ६३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ११ दशमलव ७४ अंकले बढेर ५७४ दशमलव ०२ को विन्दुमा पुगेको छ ।

आज कूल २२३ कम्पनीका ४ करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर रु १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये दुई उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ७२ दशमलव १४ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह २ दशमलव ७१ अङ्कले, विकास बैंक उपसमूह १३ अङ्कले, जलविद्युत ७१.६ अङ्कले, वित्त उपसमूह २४.८६ अङ्कले, निर्जीवन बीमा ४८.४ २ अङ्कले, उत्पादन उपसमूह ७१.८६ अङ्कले, अन्य उपसमूह ६.६ अङ्कले, लघुवित्त उपसमूह ८६.२३ अङ्कले, जीवन बीमा ३०.८६ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ०४ अङ्कले बढेको छ । यता, होटल तथा पर्यटन उपसमूह २२.५ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव २४ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x