चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका लघुवित्तहरू मध्ये प्रति शेयर आम्दानीमा को अगाडि?


ज्ञानमाण्डू। पुँजीको तुलनामा आकर्षक मुनाफा गर्ने शेयर बजारको एक क्षेत्र लघुवित्त पनि हो। अन्य क्षेत्र भन्दा चुक्ता पुँजी थोरै भए ता पनि मुनाफा आकर्षक हुँदा लघुवित्त क्षेत्र लगानीकर्ताको रोजाइमा पर्दै आएको छ। श्रावण २८ गतेसम्ममा आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका लघुवित्तहरूको वित्तीय तथ्याङ्कहरूलाई आधार मान्दा ५० रुपैयाँ भन्दा धेरै प्रति शेयर आम्दानी भएका १३ वटा लघुवित्तहरू रहेका छन् ।

microfinance

उक्त लघुवित्तहरू मध्य सबै भन्दा धेरै ११३ रुपैयाँ ९८ पैसा प्रति शेयर आम्दानी सहित जीवन विकास लघुवित्त अगाडि रहेको छ भने ९२ रुपैयाँ ९८ पैसा प्रति शेयर आम्दानी सहित महिला लघुवित्त दोस्रोमा रहेको छ। त्यस्तै फरवार्ड लघुवित्तको ९१ रुपैयाँ ८७ पैसा, छिमेक लघुवित्तको ६६ रुपैयाँ ४३ र स्वावलम्बन लघुवित्तको ६५ रुपैयाँ ६९ पैसा प्रति शेयर आम्दानी रहेको छ।

Disclaimer: This analysis done from the publicly available data is for educational purpose only. Contents of this post is strictly prohibited for Stock Trading purpose.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x