नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश प्रस्ताव कहिले हुँदै छ पारित, बुक क्लोज कहिले ?


ज्ञानमाण्डू।नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आगामी २०७८ साल मङ्सिर १७ गते, शुक्रबारका दिन ३५ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको सो सभा बिहान १० बजे पश्चात् बैंकको प्रधान कार्यालय दरबारमार्ग, काठमाडौँमा भिडियो कन्फ्रेन्सको माध्यम मार्फत आरम्भ हुने नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले जानकारी दिएको छ। बैंकको कात्तिक २३ गतेका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

विशेष प्रस्ताव तर्फ, सभाले हाल कायम चुक्ता पूँजीको १२.६१ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थसहित गरी ३.३८९ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

अन्य विशेष प्रस्ताव तर्फ, नेपाल इन्भेष्टमेण्ट बैंकले अन्य कुनै संस्थाहरुसंग एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने तथा प्रवन्धपत्र र नियमावलीको संशोधनहरुमा नियमनकारी निकायहरुबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
बैंकको वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने छ । यसका साथै आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ । कम्पनीले आव २०७८/०७९ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड बीच एक आपसमा गाभ्ने/गाभिने(मर्जर) प्रयोजनका लागि मिति २०७७/०१/३१ गते देखि शेयर कारोबार रोक्का रहेको हुँदा शेयर दाखिल खारेज बन्द(बुक क्लोज) गर्न नपर्ने बैंकले जनाएको छ। यस अर्थ २०७७/०१/३० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुने छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x