नेप्सेको बढाईले लगानीकर्ता थप उत्साहित

ज्ञानमाण्डू । आज नेप्से २३.८९ अंकले बढेर १२३४.१३ पुगेको छ । गत साताको अन्तिम कारोबार दिनबाट नेप्से बढ्न सुरु गरेको थियो र आज पनि बढाइले निरन्तरता पाएको छ । नेप्सेको बढाईले लगानीकर्ता थप उत्साहित भएका छन् ।



आज ट्रेडिङ, उत्पादन उपसमूह बाहेक अरू सबै उपसमूहहरू बढेका छन् । ननलाइफ इन्स्योरेन्स उपसमूह सबैभन्दा बढि १६२.६७ अङ्कले बढेको छ भने लाइफ इन्स्योरेन्स उपसमूह ९५.१९ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ४२.०९ अङ्कले, हाइड्रोपावोर् उपसमूह ३९.७९ अङ्कले, विकास बैंक उपसमूह ३०.७९ अङ्कले, बैकिंग उपसमूह २२.७४ अङ्कले, होटेल उपसमूह १९.११ अङ्कले, फाइनान्स उपसमूह ९.५२ अङ्कले र अन्य उपसमूह ६.६५ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x