धितोपत्र बजारमा ६५ अङ्कको वृद्धि, हेर्नुहोस् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरू

ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६५ दशमलव ४९ अंकले बढेर २४७३ दशमलव ७३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १४   दशमलव १० अंकले बढेर ४५१ दशमलव ३८ विन्दुमा पुगेको छ ।


आज कूल २०० कम्पनीका १ करोड ५३ लाख २५ हजार ६२३ कित्ता शेयर रु ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९८७ मा खरिद बिक्री भए । 


कारोवार भएका कूल १२ मध्ये ११ उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ ३३.७१ अङ्कले बड्दा ट्रेडिङ ३३ अङ्कले, विकास बैंक २८.३८ अङ्कले, जलविद्युत् ३३.९४, वित्त १.४४, निर्जीवन बीमा ६२६.२, उत्पादन ६१.२९, अन्य ८०.०२ अङ्कले, लघुवित्त १५२.१२, जीवन बीमा ५९४.२४ अङ्कले र सामूहिक लागनी कोष ०.०३ अङ्क ले वृद्धि भएको छ भने यता होटल उपसमूह ६२.०८ अङ्कले घटेको छ ।


कारोवार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ५८ करोड ५६ लाख ९८ हजार ५१८ मा खरिद बिक्री भयो । त्यस्तै, ग्लोबल आइएमई बैङ्कको शेयर रु ५३ करोड ६३ लाख ४८ हजार ९०९ मा कारोवार भयो । यता नेपाल टेलिकमको शेयर रु ३८ करोड ४३ लाख ४५ हजार १५०, शिखर इन्स्योरेन्सको शेयर रु ३४ करोड ९१ लाख ७८ हजार ३३८ मा कारोवार भयो ।नेशनल लाइफ इन्स्योरेन्सको २६ करोडमाथि, नेपाल लाइफ इन्स्योरेन्सको २४ करोडमाथि , नेको इन्स्यो रेन्सको २२ करोडमाथि  र एन आइसी एसिशा बैंकको १६ करोडमाथिको शेयर कारोबार भएको छ ।


परिसूचक उकालो लाग्दा युनाइटेड इन्स्योरेन्स र प्रभु लाईफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् ।सपोर्ट माइक्रो फाइनान्स र जनउत्थान सामुदायिकका लगानीकर्ताले क्रमश ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै , गुरास लघुवित्त र अजोड इन्स्योरेन्सका लगानीकर्ताले क्रमश ९ दशमलव ९५ र ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् ।


यता ओरियन्टल होटलका लगानीकर्ताले ४ दशमलव १५ प्रतिशतका दरले गुमाएका छन् , सोल्टी होटल लिमिटेडका लगानीकर्ताले २ दशमलव ७० प्रतिशतका दरले तथा श्री इन्भेटमेन्टका लगानीकर्ताले २ दशमलव ६२ प्रतिशतका दरले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x