राष्ट्रसंघद्धारा निलो आकाशका लागि सफा हावा दिवस घोषणा

ज्ञानमाण्डू। संयुक्त राष्ट्रसङ्घले हरेक वर्षको सेप्टेम्बर ७ तारिखलाई निलो आकाशका लागि सफा दिवसको रूपमा मनाउने घोषणा गरेको छ । 

राष्ट्रसङ्घको महासभाले सो दिवसलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको राष्ट्रसङ्घका अधिकारीहरूले जनाएका छन् । दिवस मनाउने निर्णय आगामी सन् २०२० देखि लागु हुने जनाइएको छ । 

स्वच्छ तथा सफा हावा स्वास्थ्य र दैनिक जीवनका लागि अति महत्त्वपूर्ण भएकाले त्यस बारेमा आम नागरिकको ध्यानाकर्षण गराउन दिवस मनाउन लागिएको अधिकारीहरूले जनाएका छन् ।

वायु प्रदूषणले विश्वभरिका नागरिकको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पार्ने र धेरै रोग र मृत्युको कारक पनि भएकाले स्वच्छ वायुको महत्त्व अत्यन्त धेरै रहेको विज्ञहरूको भनाई रहेको छ । 

वायुको गुणस्तर बढाउनका लागि विश्वव्यापी रूपमा अध्ययन, अनुसन्धान, जनचेतनामूलक अभियान चलाउनु पर्नेमा समेत सरोकारवालाहरूले जोड दिँदै आएका छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x