धितोपत्र बजारमा १३.८३ अंकको वृद्धि, नेप्से परिसूचक २७१२.०७ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ८३ अंकले बढेर २७१२ दशमलव ०७ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ३६ अंकले बढेर ५०८ दशमलव ६३ को विन्दुमा पुगेको छ ।

आज कूल २२३ कम्पनीका १ करोड ५३ लाख ०६ हजार ०६१ कित्ता शेयर रु ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५१ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये चार उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ३ दशमलव ७४ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह ७६ दशमलव ०९ अङ्कले, विकास बैंक उपसमूह २७.३७ अङ्कले, जलविद्युत २२.८३ अङ्कले, निर्जीवन बीमा ७२.०२ अङ्कले, अन्य उपसमूह १३.८१ अङ्कले, लघुवित्त उपसमूह १४.४९ अङ्कले, जीवन बीमा १९९.६४ अङ्कले र लगानी उपसमूह १.२७ अङ्कले बढेको छ । यता, ट्रेडिङ उपसमूह ५० दशमलव २५ अङ्कले घट्दा वित्त उपसमूह १८ दशमलव ४५ अङ्कले, उत्पादन उपसमूह १९.०१ अङ्कले र सामूहिक लागनी कोष शुन्य अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x