४–१ ले पछि परेको खेल उल्टाउँदै चेल्सी, आयाक्सलाई बराबरीमा रोक्न सफल

ज्ञानमाण्डू।च्याम्पियन्स लिग फुटबल अन्तर्गत मङ्गलवार भएको खेलमा लन्डन क्लब चेल्सीले डच क्लब आयाक्स विरुद्ध ४–४ गोलको पुनरागमन बराबरीको नतिजा निकाल्न सफल भएको छ । चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा ४–१ ले पछि परेको खेल लाई उल्ट्याएर आयाक्सलाई बराबरीमा रोक्न सफल भएको हो ।
खेलको दोस्रो मिनेटमा नै टम्मी अब्राहमको आत्मघाती गोलबाट पाहुना टोली आयाक्स खेलमा अघि बढेको थियो ।लगत्तै पेनाल्टीको मौका पाएको चेल्सीकालागि जर्गिन्होले प्राप्त पेनाल्टी मार्फत गोल निकाल्न सफल भए । २०औं मिनेटमा हाकिमी जियाचको पासमा क्वीन्सी प्रोमिसले गोल गर्दा आयाक्सले खेलमा २–१ को अग्रता बनायो । ३५औं मिनेटमा चेल्सीका गोलरक्षक किपा अरिजाबालगाले आत्मघाती गोल गरेपछि आयाक्सले पहिलो हाफमा ३–१ को अग्रता लिन सफल भएको थियो ।
दोस्रो हाफको ५५औं मिनेटमा डोनी भान डी विकले गोल गरेपछि पाहुना टोली आयाक्स ४–१ को अग्रतामा पुगेको थियो । तर, खेलको ६३औं मिनेटमा सेजर गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्र या स गरे । त्यस पस्चात्, पाहुना टोली अजाक्सले  दुई मिनेटको अन्तरमा दुई खेलाडी दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि चेल्सीलाई खेलामा फर्किन अझ सहज भयो ।

९ खेलाडीमा समेटिएको आयाक्सको फाइदा चेल्सीले उठाउँदै ७१औं मिनेटमा जर्गिन्होले पुन पेनाल्टी गोल गर्दै खेललाई ३–४ को अवस्थामा ल्याए ।७४औं मिनेटमा रिस जेम्सले गोल गर्दै खेललाई ४–४ गोलको बराबरीमा ल्याउन सफल भए । ७८औं मिनेटमा कप्तान सेजरले गोल गरे पनि भिएआरको सहायताले गोलले मान्यता पाउन भने सकेन। त्यसपछि, दुवै टोलीले थप गोल निकाल्न नसक्दा खेल ४–४ गोलको बराबरीमा सकिएको थियो ।

बराबरीसँगै समूह ‘एच’ मा आयाक्स ४ खेलबाट ७ अङ्क जोडेर शीर्ष स्थानमा छ । समान ७ अङ्क नै रहे पनि चेल्सी गोल अन्तरमा दोस्रो स्थानमा छ । 




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x