
सिक्लेस हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि १३.३७५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १३.३७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १२.७०६ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश रहेको छ।
कम्पनीले प्रस्तावित लाभांश स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा पेस गर्ने निर्णय गरेको छ। आयोगबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट लाभांश प्रस्ताव अनुमोदन गराई शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।
सिक्लेस हाइड्रोपावरले घोषणा गर्यो १३.३७५ प्रतिशत लाभांश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
