जनता बैंकले नयाँ एक्स्टेन्सन काउन्टर खोल्यो र सिमित बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गर्‍यो

ज्ञानमाण्डू। जनता बैंक नेपाल लिमिटेडले आज पाल्पा जिल्लामा नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोवार सुभारम्भ गरेको छ र एक सिमित्त बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गरेको छ । 

पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं. ३, खोक्खोलामा खोलिएको नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोवार सुरु गरि सोही गाउँपालिकाको ताहुँमा रहेको ताँहु शाखा मातहत रहने यस एक्स्टेन्सन काउण्टरबाट रम्भा गाउँपालिकाको राजस्वको कारोवार गरिने, साथै सो क्षेत्रका उद्यमी, ब्यापारी तथा  सर्वसाधारणहरुले समेत यस काउन्टरबाट बैंकिङ सेवा लिन सक्नेछन् । 

यो सगै बंैकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी १२८ शाखा, ५० शाखा रहित बैकिग केन्द्र, ७९ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् । बैंकले आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी नै शशक्त उपस्थिति जनाउने योजना रहेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x