वाणिज्य बैङ्कहरूको निक्षेपमा १२ अर्बको वृद्धि, सिडी रेसियो ९० प्रतिशत मुनि


ज्ञानमाण्डू। श्रावण २७ गते देखि श्रावण ३१ गते (अर्थात् श्रावण मसान्त) सम्ममा वाणिज्य बैङ्कहरूको निक्षेप १२ अर्बले बढेकाे छ । नेपाल बैंकर्स एसोसिएसनले प्रदान गरेको तथ्याङ्क अनुसार श्रावण ३१ गते सम्म वाणिज्य बैङ्कहरूमा ४४ खर्ब ३३ अर्ब निक्षेप पुगेको थियो भने सोही अवधिसम्म वाणिज्य बैङ्कहरूले ४१ खर्ब ७७ अर्ब कर्जा प्रवाह गरेका थिए । समीक्षा अवधिमा कर्जा प्रवाह २ अर्बले वृद्धि भएको थियो।

त्यस्तै असार मसान्त र श्रावण ३१ काे तुलनामा वाणिज्य बैङ्कहरूकाे निक्षेपमा भने १ खर्ब ८ अर्बकाे गिरावट देखिएको थियाे भने साेही अवधिसम्म कर्जा प्रवाहमा भने २ अर्बकाे वृद्धि हुदा औसतमा कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ८८.०७ प्रतिशत कायम भएकाे थियाे। असार मसान्तसम्म वाणिज्य बैङ्कहरूको निक्षेप ४५ खर्ब ४१ अर्ब पुगेकाे थियाे भने कर्जा रकम ४१ खर्ब ७५ अर्ब थियो ।

श्रावण ३१ गते वाणिज्य बैङ्कहरूको कुल निक्षेपमा ४३ खर्ब २४ अर्ब स्वदेशी मुद्रा र १ खर्ब १० अर्ब विदेशी मुद्रा रहेको छ भने कर्जा प्रवाह तर्फ गर्दा ४१ खर्ब ४६ अर्ब स्वदेशी मुद्रामा र ३१ अर्ब विदेशी मुद्रामा कर्जा प्रवाह भएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x