फिफाको नियमविपरित जाँदा सिटीलाई जरिवाना

ज्ञानमाण्डू। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इन्ग्लिश क्लब म्यानचेस्टर सिटीलाई फिफाको नियम मिचेको भन्दै जरिवाना तोकेको छ ।

युवा खेलाडी अनुबन्ध गर्दा फिफाको नियम उलङ्घन गरेका कारण फिफाले सिटीलाई ३ लाख ७० हजार स्विस फ्रान्क जरिवाना तोकेको छ ।

फिफाको नियममा १९ वर्ष माथिका खेलाडी मात्रै अनुबन्ध गर्न पाउने प्रावधान रहेको छ । फिफाको नियमविपरित सिटीले १८ वर्ष मुनिको खेलाडी अनुबन्ध गरी नियमको उलङ्घन गरेको जनाएको छ । अन्तर्राष्ट्रिय ट्रान्सफरमा १८ वर्ष माथिका खेलाडीले मात्र अनुमति पाउने फिफाको नियम रहेको छ ।

युवा खेलाडी अनुबन्धको नियम उलङ्घन गरे पनि प्रिमियर लिग विजेता सिटी प्रतिबन्धबाट भने जोगिएको छ ।यसअघि फिफाले चेल्सीलाई २ वर्ष खेलाडी अनुबन्धमा प्रतिबन्ध लगाएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x