अधिकांश वित्तिय सूचकमा सुधार गरेको माछापुच्छ्रे बैङ्कको लाभांश दिन सक्ने क्षमता कति ?


ज्ञानमाण्डू। माछापुच्छ्रे बैङ्कको नाफा २८.८९ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब २६ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ६३ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

९ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको माछापुच्छ्रे बैङ्कले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३ अर्ब ८३ कराेड रुपैयाँ र संचित मुनाफा १ अर्ब २४ कराेड रूपैयाँ रहेको छ ।

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १२.०२ प्रतिशतले बढेर ४ अर्ब ३२ करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब १३ कराेड रुपैयाँ रहेकाे छ अर्थात माछापुच्छ्रे बैङ्कले आफ्ना शेयरधनिहरूलाई आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफाबाट १२.५१ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ ।

बैङ्ककाे निष्कृय कर्जा अनुपात ०.६२ प्रतिशत र प्रतिशेयर आम्दानी १८ रुपैयाँ ०१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ र पछिल्लाे काराेबार मूल्य रू ४४२.९० काे आधारमा मूल्य आम्दानी अनुपात २४.६ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x