२०२१ मा एक लाख अधिक पर्यटकले भ्रमण गरे नेपाल, गत सालको तुलनामा ५० प्रतिशतको गिरावट



ज्ञानमाण्डू।पर्यटक नै पर्यटन व्यवसायका मुख्य श्रोत तथा आधार हुन्। पर्यटक आगमनको वृद्धि वा गिरावटले पर्यटन व्यवसायमा प्रत्यक्ष समानुपातिक प्रभाव परेको हुने गर्दछ। यस अर्थ पर्यटक आगमनको वृद्धिले पर्यटन व्यवसायलाई समृद्धि तर्फ धकेल्ने गर्दछ भने पर्यटक आगमनको गिरावटले व्यवसायमा विपरीत असर पारेको हुन्छ।

कोरोनाको प्रकोपले थला पारेको पर्यटन व्यवसायलाई फेरी उकास्ने आधार पर्यटक आगमनको वृद्धि हो। त्यसमाथि विदेशी पर्यटक धेरै भित्रिँदा गति लिन अप्ठ्यारो परि रहेको पर्यटन व्यवसायलाई निकै टेवा पुग्ने देखिन्छ। नेपाल पर्यटन बोर्डले गरेको प्रारम्भिक अनुसन्धान अनुसार सन् २०२१ को अक्टोबर महिनासम्ममा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या एक लाख एक सय अड्चालिस रहेको छ। सन् २०२० को अक्टोबर महिनासम्मको तुलनामा सन् २०२१ को सोहि अवधिसम्ममा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यामा ५५.२६ प्रतिशत अधिक गिरावट आएको छ। साल २०२० मा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या २ लाख ३० हजार ८५ रहेको थियो। 
तथ्याङ्क अनुसार गत अक्टोबरमा कुल २३ हजार २४८ जना पर्यटक नेपाल भित्रिएका थिए। गत साल २०२० अक्टोबरमा भने २ हजार २५ जना पर्यटक नेपाल भित्रिएका थिए। यता, २०१९ अक्टोबरमा नेपाल भित्रिने पर्यटकको सङ्ख्या १ लाख ३४ हजार ९६ रहेको थियो।

सन् २०२० मा कोरोना महामारीको अवस्था सृजना भए पश्चात् नेपाल आगमन हुने विदेशी पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो। सन् २०२० को पहिलो दुई महिना अर्थात् जनवरी र फेब्रवरीमा नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या निकै उत्साहजनक रहेको थियो। जनवरी र फेब्रवरीमा नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या क्रमशः ७९ हजार ७०२ र ९८ हजार १९० रहेको थियो। सोही साल 'नेपाल भ्रमण वर्ष २०२०' को प्रचार पनि अत्यधिक देख्न सकिन्थ्यो। तर, बढ्दो कोभिड-१९ को त्रासका कारण सन् २०२० को तेस्रो महिना मार्चमा नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्यामा गत महिनाको भन्दा झन्डै ५० प्रतिशतले गिरावट आयो । सो साल अप्रिलमा विदेशी पर्यटकको आगमन सङ्ख्या घटेर १४ जनामा सीमित भएको थियो। यो, सन् २००८ यता कै सर्वाधिक कम विदेशी पर्यटकको आगमन सङ्ख्या हो।


सन् २०१९ को तुलनामा सन् २०२० मा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यामा ८० प्रतिशत अधिक गिरावट आएको थियो। नेपाल पर्यटन बोर्डको संशोधित तथ्याङ्क अनुसार गत साल २०२० मा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या २ लाख ३० हजार ८५ रहेको थियो जब २०१९ मा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या झन्डै १२ लाख रहेको थियो। यो, सन् २००८ यता कै सर्वाधिक विदेशी पर्यटकको आगमन भएको वर्ष हो। सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जान र सन् २०१७ मा ९ लाख ४० हजार २१८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए।
नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२१ को १० औँ महिनासम्म पनि नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यामा खासै बढोत्तरी भएको देखिँदैन। तर, बढ्दो कोरोना प्रतिको सचेतना र अधिकांश विश्वमा चली रहेको कोभिड-१९ विरुद्धको खोप अभियानले पर्यटन व्यवसायलाई नयाँ ऊर्जा भने अवश्य प्रदान गरेको छ भने व्यवसायीमा पनि थप मनोबल सृजना भएको छ। सरकार र वित्तीय क्षेत्रबाट उपलब्ध हुने श्रोत र राहतका विविध कार्यले पर्यटन व्यवसाय र व्यवसायीलाई पहिला कै जस्तो स्वरूप प्रदान गर्ने आशा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x