२६ रुपैयाँ ४६ पैसा प्रतिशेयर आम्दानी रहेको गुराँस लघुवित्तको नाफा कति ?

ज्ञानमाण्डू। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५१४.७७ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले ३५ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले २ करोड २० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

८ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको गुराँस लघुवित्तले २० करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, गुराँस लघुवित्तले ७१ करोड ७६ लाख रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा ३ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

गुराँस लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६९.६२ प्रतिशतले बढेर ८ करोड ५ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ४.७७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ५५ पैसा छ र मूल्य आम्दानी अनुपात ७१.८२ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x