स्वाभिमान लघुवित्तकाे नाफा ३ करोड ३१ लाख, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१२ करोड १७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको स्वाभिमान लघुवित्तले १ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, स्वाभिमान लघुवित्तले १ अर्ब २७ करोड ३० लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ६ करोड ४७ लाख रुपैयाँ रहेको छ।

स्वाभिमान लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २०.३४ प्रतिशतले बढेर ८ करोड ५४ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात शुन्य दशमलव ६८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ३४ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x