४९.५३ प्रतिशतले नाफा वृद्धि गरेकाे आइ.सि.एफ.सि. फाइनान्सकाे अन्य सूचकहरू कस्ता छन् ?

icfc finance
ज्ञानमाण्डू। आइ.सि.एफ.सि. फाइनान्सको नाफा ४९.५३ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को दाेस्राे त्रैमास सम्ममा फाइनान्सले ८ करोड १९ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा फाइनान्सले १२ करोड २५ लाख ७० हजार रुपैयाँ नाफा कमाएको देखिन्छ । 

१ अर्ब २ करोड ४२ लाख ६५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको आइ.सि.एफ.सि. फाइनान्सले १४ अर्ब १४ करोड ७३ लाख ६१ हजार रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ९४ करोड १० लाख ६० हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३५ करोड ५० लाख ९७ हजार रुपैयाँ र संचित मुनाफा ३ कराेड ६२ लाख ३ हजार रूपैयाँ रहेको छ ।

फाइनान्सको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २९.०६ प्रतिशतले घटेर १५ करोड ७५ लाख ७९ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै फाइनान्सकाे वितरण याेग्य मुनाफा ५ करोड २७ लाख ३ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात ०.७६ प्रतिशत छ । फाइनान्सको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ९३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ २० पैसा छ र मूल्य आम्दानी अनुपात ११.६२ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x