ग्लाेबल आइएमई बैङ्कको नाफा १ अर्ब ११ कराेड

global ime bank
ज्ञानमाण्डू। ग्लाेबल आइएमई बैङ्कको नाफा ५.४० प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ५ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा बैंकले १ अर्ब ११ कराेड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२१ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ग्लाेबल आइएमई बैङ्कले २ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ८ अर्ब ७६ करोड रुपैयाँ र संचित मुनाफा ३ अर्ब ३५ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९.८१ प्रतिशतले घटेर २ अर्ब ३३ करोड रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ३ अर्ब ३५ कराेड रुपैयाँ रहेकाे छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.६२ प्रतिशत र प्रतिशेयर आम्दानी २० रुपैयाँ ५७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ५ पैसा र पछिल्लाे काराेबार मूल्य रू ३९० काे आधारमा मूल्य आम्दानी अनुपात १८.९६ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x