नीतिगत सहजीकरण गर्ने हो भने सिमेन्टमा जस्तै धेरै वस्तुमा आत्मनिर्भर बन्न सकिन्छ, वरिष्ठ उपाध्यक्ष ढकाल

chandra dhakal

ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत सहजीकरण गर्दा सिमेन्ट उद्योगले छोटो समयमै अतुलनीय प्रगति गर्न सफल भएको बताउनुभएको छ ।

नेपाल सिमेन्ट उत्पादक सङ्घद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले बिस वर्ष पहिले नेपाल सरकारले सिमेन्ट उद्योगलाई प्रवर्द्धन गर्न बनाएको नीति नियमले अहिले सिमेन्ट उद्योग आत्मनिर्भर मात्र नभई निर्यात गर्ने अवस्थामा पुगेको बताउनुभयो ।

उहाँले सिमेन्ट उद्योग जस्तै अन्य व्यवसायलाई पनि सहजीकरण गर्न सरकारी नीति नियमहरू समयानुकूल परिमार्जित गर्न आवश्यक रहेको बताउनुभएको छ ।

हामीले हाम्रा नीति नियमहरू समयानुकूल परिमार्जन र परिष्कृत गर्न आवश्यक छ । बिस वर्ष पहिला नेपाल सरकारले सिमेन्ट व्यवसायीहरूलाई नीतिगत रूपमा गरेको सानो सहयोगले अहिले हाम्रो सिमेन्ट उद्योग आत्मनिर्भर मात्र होइन निर्यात गर्न सक्ने अवस्थामा पुगेका छौ, उहाँले भन्नुभयो ।

उहाँले नेपाल सरकारका तर्फबाट सिमेन्ट उद्योगलाई प्रवर्द्धन गर्न नीतिगतरुपमा थप सहजीकरण गर्न सके सिमेन्ट निर्यातको सम्भावना धेरै रहेको समेत बताउनुभयो ।

अहिले आयात प्रतिस्थापन गर्न, ब्यालेन्स अफ पेमेन्टलाई ब्यालेन्स गर्न पनि तद अनुरूपका नीति नियम जरुरी रहेको उहाँले बताउनुभयो ।

त्यस्तै, हामीले कम लागतमा काम गर्ने प्रचलन छ । यसले गुणस्तरमा कम्प्राेमाइज हुने गरेको छ । कामको गुणस्तरमा वृद्धि गर्न यसलाई परिवर्तन गर्न जरुरी छ, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x