वैदेशिक रोजगारीमा जान सीप र दक्षतालाई अनिवार्य

ज्ञानमाण्डू । वैदेशिक रोजगार विभागले १२ वटा क्षेत्रमा काम गर्न जाने कामदारलाई वैदेशिक रोजगारीमा जान सीप र दक्षतालाई अनिवार्य गर्ने भएको छ । यि क्षेत्रमा काम गर्न जाने कामदारलाई सीप परीक्षणपछि मात्रै श्रम स्वीकृति दिइने भएको छ।

विभागले हाउस वायरिङ/इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेसन, स्टिल फिक्चर्स, हाउस किपिङ/क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गार्मेन्ट/टेलरिङ र प्लम्बिङ   क्षेत्रमा काम गर्न जाने कामदारहरुलाई यस सूचीमा राखेको छ।

नयाँ नीतिअनुसार असार १५ पछि कामदारलाई सीप परीक्षणपछि मात्रै श्रम स्वीकृति दिइने भएको छ। यसलाई कार्यान्वयनमा लैजाने विभागले जानकारी दिएको छ। त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि स्वीकृत गरेको छ।

नेपाली नागरिकलाई न्यूनतम सीप सिकाएर मात्र वैदेशिक रोजगारमा पठाउने सरकारको नीतिअनुसार सीप परीक्षण गर्न लागेको हो ।जुन क्षेत्रमा जाने हो, कामदारले त्यही क्षेत्रको सीप सिक्नुपर्नेछ । सोही पद अनुसारको पाठ्यक्रम वैदेशिक रोजगार बोर्डले बनाइसकेको छ। बोर्डले जनए अनुसार कुन किसिमको काम गर्न वैदेशिक रोजगारमा जान चाहेको हो ? तेही क्षेत्रको तालिम कानुनी मान्यता प्राप्त तालिमप्रदायक संस्थाबाट अनिवार्य लिनुपर्नेछ ।बोर्डले ३० दिनभित्र सक्ने १ सय ६० घण्टाको तालिम पाठ्यक्रम बनाइसकेको छ।

विभागले तालिम दिने २९ वटा संस्था छानिसकेको छ। कामदारलाई तालिम सिक्न भ्याटसहित १२ हजार १ सय १५ देखि १४ हजार ४ सय ९६ रुपैयाँसम्म लाग्नेछ। बोर्डले सिकाइ परीक्षण गरी प्रमाणपत्र दिनेछ। अनिवार्य सिकाइ परीक्षणपछि सीपमूलक तालिम लिएको प्रमाणपत्र पेस गरेर मात्रै श्रम स्वीकृति दिइने व्यवस्था अघी सरेको छ। सीपमूलक तालिम लिएका र कुनै संस्थामा काम गरी अनुभवको प्रमाणपत्र प्राप्त गरिसकेकालाई तालिम लिनुपर्दैन भने प्रमाण पेस गर्न नसकेको अवस्थामा बोर्डबाटै सिकाइ परीक्षण हुनेछ।

खाडी मुलुकले नेपालबाट सीपयुक्त जनशक्ति मागेपछि तालिम दिने व्यवस्था मिलाइएको हो ।वैदेशिक रोजगारीमा गएकामध्ये दक्ष कामदार १.५ प्रतिशत, अर्धदक्ष २४ प्रतिशत र अदक्ष कामदार ७४.५ प्रतिशत रहेको विभागको तथ्यांक छ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सीप अनिवार्य गर्दा उनीहरूले मर्यादित श्रम गर्ने राम्रो वातावरण पाउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x