क्षेत्री सम्मानित

ज्ञानमाण्डू।
नेपाल कराँते महासङ्घमा लामो समय कार्यालय सचिवका रूपमा कार्यरत पूर्वखेलाडी राजेन्द्र क्षेत्री सोमबार सम्मानित भएका छन् । नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) का प्रशिक्षकहरु मिलेर क्षेत्रीलाई रु २५ हजारसहित सम्मान गरेका हुन् । 

सोही अवसरमा १३औँ सागका दोहोरो स्वर्ण विजेता कराँतेका मन्डेकाजी श्रेष्ठले पनि व्यक्तिगतरूपमा क्षेत्रीलाई रु पाँच हजार प्रदान गरे । क्षेत्री मुटु र आँखाको समस्यामा रहेको कराँतेका प्रमुख प्रशिक्षक मदन उप्रेतीले बताए । 

राष्ट्रिय खेलकूद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्यसचिव रमेशकुमार सिलवालको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा क्षेत्रीलाई नगद र मायाको चिनो हस्तान्तरण गरिएको थियो । नेपाल कराँते महासङ्घद्वारा आयोजित कार्यक्रममा महासङ्घका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले उपाध्यक्ष कोइराला र सदस्यसचिव सिलवाललाई मायाको चिनो हस्तान्तरण गरे । 

त्यसै अवसरमा १३औँ सागमा निर्णायकको भूमिका निर्वाह गरेका नेपाली रेफ्री राम लामा, राजेन्द्र कपाली, महेश रञ्जित, छत्र आले, ध्रुवविक्रम मल्ल र बिआर मित्रलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x