प्रभु बैंक लिमिटेड र मार्फा ओर्चड होटलका बिच आकर्षक छुट गर्ने सम्झौता


 

ज्ञानमाण्डू। प्रभु बैंक लिमिटेड र मार्फा स्थित मार्फा ओर्चड होटलका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र मार्फा ओर्चड होटलका तर्फबाट प्रोप्राइटर निशान ज्वारचनद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको बैंकले जनाएकाे छ । प्रभु बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले मार्फा ओर्चड होटलद्धारा सञ्चालित “फुड”,“वेभरेज” र “लजिङ्ग” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।


उक्त सम्झौता अन्तर्गत मार्फा ओर्चड होटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, मार्फा ओर्चड होटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको
बैंकले जनाएकाे छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x