प्रभु सेलेक्ट फन्ड आजदेखि बिक्री खुला


ज्ञानमाण्डू।प्रभु क्यापिटलले आज जेठ ५ गतेदेखि ‘प्रभु सेलेक्ट फन्ड' नामक सामूहिक लगानी कोष बिक्री खुला गरेको छ। प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो भने यस इकाई कोषको प्रवर्द्धक प्रभु बैङ्क लिमिटेड रहेको छ ।

प्रभु क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अङ्कित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। सात वर्षे बन्द मुखी यस ‘प्रभु सेलेक्ट फन्ड' नामक योजना अन्तर्गत निष्कासन गरिएको कुल इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैङ्क लिमिटेडलाई तथा कुल इकाईको १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त फन्डमा न्यूनतम १०० इकाईदेखि १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

फन्ड बिक्री छिटोमा जेठ ९ गतेसम्म बन्द हुने गरी तोकिएको छ । यस्तै, पर्याप्त आवेदन प्राप्त नभए फन्ड बिक्री ढिलोमा जेठ १५ गते सम्म लम्बिने छ । यदि मागभन्दा बढी आवेदन परेमा जेठ ९ गतेभन्दा अघि नै निष्कासन बन्द गर्न सकिने पनि क्यापिटलले जानकारी दिएको छ।

‘प्रभु सेलेक्ट फन्ड' नामक यस सामूहिक लगानी कोषको इकाईमा लगानीकर्ताहरूले ढिलोमा जेठ ९ गते साँझ कार्यालय समय सम्ममा आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालय तथा मेरो शेयर, अनलाइन मार्फत आवेदन दिई सक्नुपर्नेछ ।

योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडलाई केयर नेपाल लिमिटेडले [CARE-NP AMC Quality 3 (AMC 3)] रेटिङ्ग २०२१/०१/१५ प्रदान गरेको छ। उक्त रेटिङ्गले “Adequate Assurance on Management Quality" भन्ने आधार जनाउँदछ । उक्त रेटिङ्गको समयावधि रेटिङ्ग प्रदान गरिएको मितिबाट १२ महिनासम्म कायम रहनेछ ।

कोष प्रवर्द्धक प्रभु बैङ्क लिमिटेडलाई इक्रा नेपाल लिमिटेडले Moderate Credit Risk THIBA “[ICRANP -IRJBBB” (pronounced ICRA NP Issuer Rating Triple B) रेटिङ्ग मिति २०२०/०७/०७ मा प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x