सेञ्चुरि कमर्सियल बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?


ज्ञानमाण्डू।सेञ्चुरि कमर्सियल बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल पौष २ गते, शुक्रबारका दिन बसेको सञ्चालक समितिको ३५२ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई ६.०५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजी ९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५०२ रुपैंया ५० पैसाको ५.७५ प्रतिशतले हुन आउने ५१ करोड ९४ लाख ७९ हजार ६९६ रुपैंया ३९ पैसा रकम बराबरको बोनस शेयर र १.०५२६ प्रतिशतले हुन आउने २ करोड ७३ लाख ४१ हजार ३६ रुपैंया ६५ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा २१.०५२६ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्क र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने सेञ्चुरि कमर्सियल बैङ्क लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा सेञ्चुरि कमर्सियल बैङ्क लिमिटेडले कायम चुक्ता पुँजीको ५.२५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र २.२५ प्रतिशतले हुन आउने नगद लाभांश गरी जम्मा ७.५ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x