आरएसडिसी लघुवित्तको अधिकांश सूचकमा सामान्य सुधार, प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४४ पैसा

ज्ञानमाण्डू। आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १५.४६ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले ७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ९ करोड १० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

७३ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आरएसडिसी लघुवित्तले ३ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै आरएसडिसी लघुवित्तले ३ अर्ब ७ करोड ४६ लाख रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा १५ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

आरएसडिसी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर १६ करोड १० लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.९९ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा छ र मूल्य आम्दानी अनुपात ६९.६८ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x