नेप्सेमा इन्फिनिटी लघुवित्तको १४.२५% बोनस शेयर सूचीकृत



ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मङ्गलबार, बैशाख २८ गतेका दिन इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बिहिबार इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडको कुल ३ लाख २५ हजार ९९.५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।



इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४ दशमलव २५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । लघुवित्तको सोहि बोनस शेयर नेप्सेमा मङ्गलबार सूचीकृत भएको हो।

शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x