सनसिटीबाट धुलिखेल आएकालाई प्रहरीको निगरानी

ज्ञानमाण्डू।काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ । सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना भाइरस देखिएका कारण अस्पताल भर्ना गरिएपछि उनी हिजै काभ्रेपलाञ्चोकको धुलिखेलस्थित घर आएका थिए ।

धुलिखेल नपा–७ सरस्वती बजारमा ती पुरुषको निगरानी गर्न हिजो साँझदेखि नै प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने , “सूचना पाउनासाथ हिजैदेखि प्रहरीले निगरानी गरिरहेका छन्, उनको आज प्रहरीकै निगरानीमा कोरोना भाइरस परीक्षण गर्नेछौँ ।” तिमल्सिनाका अनुसार उनलाई घरमा छुट्टै तरिकाले बस्न लगाइएको छ । 

कोरोना भाइरस देखिएका आमा, छोरा र बुहारी चैत ५ गते बेलायतबाट आएको प्रहरीले जनाएको छ । कोगेश्वरी मनोहरा नगरका अनुसार सोमबार मुलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ को परीक्षण गर्दा ती तीन जनाको ‘रिपोर्ट पोजेटिभ’ आएको थियो । उनीहरूलाई पाटन अस्पतालमा आइसोलेसनमा राखिएको छ । उक्त अपार्टमेन्टमा सोमबार नै ‘सिल’ गरिएको छ । पाँच वटा सनसिटी टावरमा करिब ५०० परिवारको क्षमता रहेको फ्ल्याट छन् ।

यसैबिच काभ्रेपलाञ्चोकमा आइतबारदेखि विदेशबाट फर्किएकाहरूको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) थालिएको छ । हालसम्म ९७ जनाको आरडिटी भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । उनका अनुसार आरडिटी स्थानीय तहमै गरिएको हो ।

कोभिड–१९ सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि विदेशबाट काभ्रेपलाञ्चोकमा घर फर्किएर एकान्तवास (होम क्वारेन्टाइन)मा राखिएका सबैको आरडिटी गर्न थालिएको हो । कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएको तथ्याङ्क प्राप्त भएको छ । यसमध्ये चैत महिनामा मात्रै २५१ जना विदेशबाट घर फर्किएको सम्पर्कमा ल्याइएको हो । 

झाले घर फर्केका सबैको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमै बसाइएको र यसअघि उनीहरूको स्थानीय स्वास्थ्यकर्मीले निगरानी गरिरहेको बताए । उनका अनुसार हालसम्म पाँचखाल नपाका २७, बनेपा नपाका १७, पनौती नपाका १७, धुलिखेल नपाका १८ तथा महाभारत गाउँपालिकाका पाँच, चौँरी देउरालीका पाँच, बेथानचोकका चार र रोशी गाउँपालिकाका चार जनाको आरडिटी परीक्षण भएको र उनीहरूको ‘रिपोर्ट नेगेटिभ’ आएको छ ।

वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले गत हप्ता आरडिटीका लागि काभ्रेपलाञ्चोकमा ३०० किट उपलब्ध गराएको थियो । काभ्रेपलाञ्चोकमा छ नपा र सात गाउँपालिका छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x