चैत्रमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा शुन्य दशमलव ६ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले घट्यो


ज्ञानमाण्डू। केन्द्रीय बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्षको चैत्र सम्मको अवधिमा शुन्य दशमलव ६ प्रतिशतले घटेर जम्मा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ भने चैत्र महिनामा ९३ अर्ब ५५ कराेड रेमिटेन्स थप भित्रिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको थियो ।

चालु आर्थिक वर्षको चैत्र अन्त्यसम्म आइपुग्दा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भई २,५६,०३१ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७४.९ प्रतिशतले घटेको थियो । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमान १९९.९ प्रतिशतले वृद्धि भई २,०६,६२९ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६०.७ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर शुन्य दशमलव ७ प्रतिशतले कमी आई ८ खर्ब ८ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १४.४ प्रतिशतले बढेको थियो।

स्रोत: नेपाल राष्ट्र बैङ्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x