नेशनल माइक्रोफाइनान्स लघुवित्तको नाफामा ३०७.६१ प्रतिशतको वृद्धि

ज्ञानमाण्डू। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ३०७.६१ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले ७ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ३२ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

४१ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्तले २ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, नेशनल माइक्रोफाइनान्स लघुवित्तले ६ अर्ब ३४ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा ५६ करोड २ लाख रुपैयाँ रहेको छ ।

नेशनल माइक्रोफाइनान्स लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १३०.३१ प्रतिशतले बढेर ६३ करोड ४१ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात २.९४ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ७७ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ६९ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ३६९८ काे आधारमा मूल्य आम्दानी अनुपात ४७.५७ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x