नेपाल बाङ्गलादेश नाफा ३३.३२ प्रतिशतले वृद्धि

ज्ञानमाण्डू। नेपाल बाङ्गलादेश बैंकको नाफा ३३.३२  प्रतिशतले वृद्धि भएको छ । गत आ.व.को यसै अवधिमा बैङ्कले ३० करोड १९ लाख १४ हजार नाफा कमाएको थियो भने अहिले ४० करोड २५ लाख २० हजार नाफा कमाएको देखिन्छ । 
 
८ अर्ब ८ कराेड ८२ लाख ९९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल बाङ्गलादेश बैंकले ५९ अर्ब ३७ करोड ९९ लाख ५८  हजार रुपैयाँ निक्षेप संकलन गरी  ५५ अर्ब ८५ करोड ३ लाख ६३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा (Reserve+Retained Earnings) ४ अर्ब ७० कराेड ५४ लाख २१ हजार रुपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ८.३३ प्रतिशतले वृद्धि भएर ७४ करोड ७९ लाख ४ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात १.९७ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५८  रुपैयाँ ३४ पैसा छ र मूल्य आम्दानी अनुपात १०.२५  गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x