राष्ट्रिय स्तरका विकास बैङ्कहरूलाई नाफा र प्रतिशेयर आम्दानीका आधारमा दाँजेर हेर्दा

development banks of nepal

ज्ञानमाण्डू। गत आर्थिक वर्ष २०७८/७९ काे चाैथाे त्रैमासको वित्तीय विवरण अनुसार राष्ट्रिय स्तरका विकास बैङ्कहरू मध्ये सबै भन्दा धेरै नाफा मुक्तिनाथ विकास बैङ्कले आर्जन गरेको छ भने सबैभन्दा धेरै प्रतिशेयर आम्दानी पनि मुक्तिनाथ विकास बैङ्कको नै देखिएको छ ।

नेपालका राष्ट्रिय स्तरका विकास बैङ्कहरूले आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको तुलनामा औसतमा २५.९४ प्रतिशत नाफा वृद्धि गर्न सफल हुँदै कुल ६ अर्ब ६२ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । आ.व. २०७७/७८ को  चाैथाे त्रैमासमा राष्ट्रिय स्तरका विकास बैङ्कहरूको मुनाफा ५ अर्ब २६ करोड रुपैयाँ रहेको थियो । नाफामा उल्लेख्य सुधार भएका बैङ्कहरूको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको देख्न सकिन्छ ।

आ.व. २०७८/७९ को  चाैथाे त्रैमासको वित्तीय विवरणको तथ्याङ्क अनुसार राष्ट्रिय स्तरका विकास बैङ्कहरूको प्रति शेयर आम्दानी औसतमा २० रुपैयाँ ६२ पैसा रहेको देखिएको छ, जुन आ.व. २०७७/७८ को चाैथाे त्रैमासकाे तुलनामा ९.३० प्रतिशतकाे वृद्धि हाे।यस अवधिमा ३ वटा बैङ्कको प्रति शेयर आम्दानी औसत भन्दा बढी रहेको छ भने ५ यस्ता बैङ्कको प्रति शेयर आम्दानी औसत भन्दा कम रहेको देखिएको छ ।

राष्ट्रिय स्तरका विकास बैङ्कहरू मध्ये सबैभन्दा धेरै नाफा गर्न सफल मुक्तिनाथ विकास बैङ्कको प्रति शेयर आम्दानी बढेर २४ रुपैयाँ २२ पैसा पुगेकाे छ, जुन राष्ट्रिय स्तरका विकास बैङ्कहरू मध्येकै सर्वाधिक प्रति शेयर आम्दानी हाे। उक्त बैङ्कले १ अर्ब ३७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ, जुन आ.व. २०७७/७८ को सोही अवधिको तुलनामा १८.४७ प्रतिशतले बढि हो।
त्यस्तै सर्वाधिक इपिएसको शीर्षक अन्तर्गत दोस्रो स्थान ओगटेको महालक्ष्मी विकास बैङ्कको प्रति शेयर आम्दानी आ.व. २०७७/७८ को चाैथाे त्रैमासकाे तुलनामा २०.१५ प्रतिशतले बढेर २३ रुपैयाँ ७३ पैसा कायम भएको छ। उक्त बैङ्कले नाफामा ४४.२१ प्रतिशतले वृद्धि गर्दै ९५ कराेड १९ लाख रूपैयाँ मुनाफा आर्जन गरेको छ।

त्यसै गरी, आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा गरिमा विकास बैङ्ककाे प्रति शेयर आम्दानी २३ रुपैयाँ ७ पैसा, लुम्बिनी विकास बैङ्कको २० रुपैयाँ ५७ पैसा, कामना सेवा विकास बैङ्कको प्रति शेयर आम्दानी २० रुपैयाँ ८ पैसा, साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको १९ रुपैयाँ ७९ पैसा, शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको १७ रुपैयाँ ७ पैसा र ज्योति विकास बैङ्कको १६ रुपैयाँ ४४ पैसा रहेको छ।

राष्ट्रिय स्तरका विकास बैङ्कहरू मध्ये लुम्बिनी विकास बैङ्कले सर्वाधिक नाफा र प्रति शेयर आम्दानी बढोत्तरी गर्न सफल भएको छ। बैङ्कले आ. व. २०७७/७८ को चाैथाे त्रैमासको तुलनामा ५५.६९ प्रतिशतले नाफा र ३७.७८ प्रतिशतले प्रति शेयर आम्दानी बढाएको छ। यता, ज्योति विकास बैङ्कको प्रति शेयर आम्दानी ४.८१ प्रतिशतले घटेर १६ रुपैयाँ ४४ पैसा कायम भएको देखिन्छ भने कामना सेवा विकास बैङ्कको प्रति शेयर आम्दानी सबै भन्दा धेरै १०.९९ प्रतिशतले घटेकाे छ ।

डिस्क्लेमर: सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x