शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढ्यो

shine resunga development bank

ज्ञानमाण्डू। शाइन रेसुङ्गा डेभलपमेन्ट बैँकको नाफा २८.१० प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ५० करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ६४ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।


३ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ४३ अर्ब २७ कराेड रुपैयाँ निक्षेप सङ्कलन गरी ३४ अर्ब ४९ कराेड रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्ककाे जगेडा कोषमा १ अर्ब १० करोड रुपैयाँ र सञ्चित मुनाफा ४७ करोड १८ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २४.४४ प्रतिशतले बढेर १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्ककाे वितरण योग्य मुनाफा ४७ करोड रुपैयाँ रहेको छ । उक्त वितरण योग्य मुनाफाकाे आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले आफ्ना शेयरधनिहरूलाई १२.४३ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात ०.९६ प्रतिशत र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ३ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ३३० काे आधारमा मूल्य आम्दानी अनुपात १९.३३ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x