अमेरिकी महिला अन्तरिक्ष यात्री एक वर्षपछि पृथ्वीमा अवतरण

ज्ञानमाण्डू।अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच बिहीबार पृथ्वीमा अवतरण गर्न लागेकी छिन् । उनी सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने पहिलो महिला अन्तरिक्ष यात्री हुन् । 

अमेरिकी अन्तरिक्ष संस्था (नासा)की ४१ वर्षीया इन्जिनियर कोच कजाकस्तानमा अरु दुई अन्तरिक्ष यात्री सहित अवतरण गर्न लागेको नासाले जनाएको छ । अन्य दुई सदस्यमा युरोपेली अन्तरिक्ष निकायका लुका पार्मिटानो र रसियाका अलेक्जान्डर स्केभोर्सोभ रहेका छन्  । उनीहरु अन्तरिक्ष केन्द्रमा ३२८ दिन रहेका थिए । 

कोचले गत अक्टोबरमा नासाकै सहकर्मी जेस्सिका मायरसँग मिलेर अन्तरिक्ष केन्द्र बाहिर हिँडेकी (स्पेसवाक) थिइन् । कुनै महिलाले अन्तरिक्षमा हिँडेको यो पहिलो अवसर पनि हो । 

हालसम्म चार जना अन्तरिक्ष यात्रीले मात्र एक वर्ष वा सोभन्दा बढी अवधि अन्तरिक्षमा बिताएका छन् । रसियाका भ्यालेरी पोल्याकोभले मात्र हालसम्म सर्वाधिक ४३७ दिन अन्तरिक्ष केन्द्रमा बिताएका छन् । 

नासाका अन्तरिक्ष यात्री स्कट केलीले सन् २०१६ मा पृथ्वीमा फर्कनु अघि ३४० दिन अन्तरिक्ष केन्द्रमा बिताएका थिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x