अमेरिकामा मृतकको संख्या एक हजार नाघ्यो, २ खर्ब डलरको आर्थिक प्याकेज पारित

ज्ञानमाण्डू।संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण मृतकको संख्या एक हजार नाघेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकाभर ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । 

कोरोना संक्रमणको खतराबाट उत्पन्न आर्थिक तथा जनस्वास्थ्यलाई ध्यान दिँदै अमेरिकी माथिल्लो सदन सिनेटले बुधबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सार्नु भएको २ खर्ब २० अर्ब अमेरिकी डलरको विशाल आर्थिक प्याकेज अनुमोदन गरेको छ । यो रकम कोरोना संक्रमणबाट असर परेका व्यवसाय, कामदार र स्वास्थ्य सेवा प्रणालीमा खर्च हुनेछ । 

सिनेटमा रिपब्लीकन र डेमोक्रेटिक दुबै पार्टीले सहमति जनाउनु अघि उक्त राहत प्याकेजको सही कार्यान्वयनका सन्दर्भमा निकै लामो बहस भएको थियो । अमेरिकी इतिहासमै यो सर्वाधिक ठूलो आर्थिक सहायता विधेयक हो । 

अमेरिकी जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसका कारण विश्वभर मृतकको संख्या २१ हजार नाघिसकेको छ भने झण्डै ७० हजार व्यक्ति संक्रमित छन् । 

कोरोनाको प्रसार रोक्ने उद्देश्यले विश्वका अधिकांश मुलुकले अपनाएझैं अमेरिकाका धेरैजसो राज्य एवं शहरले मानिसको आवतजावतलाई नियन्त्रण गर्दै लकडाउन गरेका छन् । अमेरिकामा अहिले ठूलो जनसंख्या रहेको न्यूयोर्क शहर सबैभन्दा बढी प्रभावित छ । यहाँ ३० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने ३०० को हाराहारीमा मानिसको मृत्यु भएको छ । 

न्यूयोर्कका स्वास्थ्य अधिकारीहरु अहिले मानिसको उपचारका लागि शैयाहरु र स्वास्थ्य उपकरणको खोजीमा जुटेका छन् । उनीहरुले केही साताभित्रै बिरामी मानिसको संख्या अरु बढ्ने सम्भावना देखिएको जनाउँदै थप चिकित्सक र नर्सका लागि आह्वान गरिरहेका छन् । 

न्यूयोर्कमा इटाली र स्पेनको जस्तै परिस्थिति उत्पन्न हुन लागेको भन्दै न्यूयोर्कका स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । 

बिलिभ हस्पिटल बाहिर मृत व्यक्तिलाई राख्न अस्थायी शिविर नै बनाइएको छ भने नगर प्रहरीलाई न्यूयोर्कका सडकमा देखिने मानिसहरुलाई निश्चित दूरी बनाएर मात्र हिँड्ने प्रबन्ध मिलाउन आदेश दिइएको छ । 

वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमण रोक्न अमेरिकी नागरिकलाई कम्तीमा १५ दिनसम्म निश्चित दूरी बनाएर रहन आग्रह गर्नु भएको छ । उहाँले मानिसलाई घरभित्रै बस्न तथा बार, रेस्टुराँ र रात्रिक्लब बन्द गर्न अनुरोध पनि गर्नु भएको छ । 

तैपनि, राष्ट्रपति ट्रम्पले मानिसहरुलाई “हाम्रो मुलुक बन्द गर्नका लागि निर्माण भएको होइन” भन्दै अमेरिकी नागरिकलाई आडभरोसा दिने प्रयत्न गर्नु भएको छ । 

बुधबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले केही संचारमाध्यममाथि पुरानै शैलीमा भनेका छन् , “मलाई आगामी चुनावमा विजयी हुन नदिन केही मिडियाले कोरोनाभाइरसका कारण अमेरिकी अर्थतन्त्र तहसनहस हुनै हौवा देखाइरहेका छन् ।” 

डेमोक्र्याट्स पार्टीले राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकको स्वास्थ्य र सुरक्षाको साटो अर्थव्यवस्थालाई बढी प्राथमिकतामा राखेको बताएको छ । “म भन्न चाहन्छु, अर्को शुक्रबारदेखि नै काममा फर्कौं,” पूर्व उपराष्ट्रपति जो बाइडेनको भनाइ छ । 

बाइडेनले सिनेटले अनुमोदन गरेको आर्थिक प्याकेजको राम्रो कार्यान्वयनका लागि सशक्त अनुगमन संयन्त्र आवश्यक रहेकामा जोड दिए । पूर्व उपराष्ट्रपति बाइडेनले भने , “राहत प्याकेजको रकम जरुरतमा परेका सबै मानिससम्म जतिसक्दो चाँडो पुग्नु पर्दछ ।”रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x