साइक्लिङमा राजेश र निश्मा विजयी, नेपालका लागि थप दुई स्वर्ण

ज्ञानमाण्डू। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङमा नेपालका लागि पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण जितेका छन् । गोकर्णमा बुधवार साइक्लिङअन्तर्गत डाउन हिलको १ किलोमिटर इलेभेसन ड्रप ५५ मिटर दुरीमा महिला र पुरुष गरी नेपालले २ स्वर्ण हात पार्न सफल भएको छ ।

राजेशले निर्धारित दुरी १ मिनेट ४९.३३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्। त्यस्तै, नेपालकै निरभ श्रेष्ठले १ मिनेट ५०.८० सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै रजत हात पारे भने यता, नेपालकै परिचित थापाले १ मिनेट ५१.६६ सेकेन्डमा पूरा गर्दै कांस्य जित्न सफल भए।

त्यस्तै, महिलातर्फ निश्मा श्रेष्ठले २ मिनेट २२.४५ सेकेन्डमा पूरी पार गर्दै स्वर्ण जितिन् । नेपालकै जमुना थापाले २ मिनेट ४१.५५ सेकेन्ड सहित रजत जितिन् । भारतकी यशोधरा मधुकरले ३ मिनेट ३७.२३ मा पूरा गर्दै कांस्य जितिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x