ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्सलाई एक्वीजिसन गर्ने

ज्ञानमाण्डू। धेरै वित्तिय संघसंस्थाहरू मर्ज गरेकाे र हाल चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैंया रहेकाे ग्लोबल आइएमई बैंकले हाल चुक्ता पूँजी ३० करोड रुपैंया रहेकाे हाथवे फाइनान्सलाई एक्वीजिसन गर्ने भएको छ । एक्वीजिसन गर्ने विषयमा बिहीबार  दुबै बैंक तथा वित्तीय संस्थाबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

ग्लोबल आईएमई बैंकका सञ्चालक तथा मर्जर समिति संयोजक सुदर्शनकृष्ण श्रेष्ठ र हाथवे फाइनान्सका सञ्चालक एवं मर्जर समितिका संयोजक नवराज नेपालले विलय सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।दुई बैंक तथा वित्तीय संस्थाले डिडिए गरेरपछि प्राप्त हुने स्वाप रेसियोका आधारमा अगाडि बढ्ने जनाइएकाे छ । खराब अवस्थामा रहेको अरुण फाइनान्सलाई हाथवे इन्भेष्टमेन्टले ह्याण्ड ओभर गरी हाथवे फाइनान्स नामाकरण गरेर कारोबार गर्दै आएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x