पीपीएल: चितवन राइनोज बलियो स्थितिमा

ज्ञानमाण्डू।कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा चितवन राइनोज बलियो स्थितिमा उक्लेको छ । लिग चरणका चार खेल सकिँदासम्म चितवन अपराजित यात्रामा रहेको छ । एक खेल खेल्नु अगाडि नै चितवन प्ले अफमा पुगेको छ । चितवनले अब्बल खेल प्रदर्शन गर्दै आठ अङ्कसहित शीर्ष स्थान कायम गरेको छ । प्रतियोगितामा सहभागी छ वटै टोलीले अब एक एक खेल खेल्न बाँकी छ । 

यस्तै बुटवल ब्लास्टर्स चार खेलमा तीनमा जीत निकाल्दै छ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । काठमाडौँ गोल्डेन्स वारियर्स दुई खेलमा जीत तथा दुई खेलमा हार बेहोर्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ । 

यस्तै विराटनगर टाइटन, पोखरा पल्टन र धनगढी एक्स्पर्ट क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थान कायम गरेका छन् । तीनै टोलीले एक खेलमा जित तथा तीन खेलमा हार बेहोरेका छन् । शीर्ष स्थानमा रहेको चितवनले मङ्गलवार लिग चरणको अन्तिम खेल काठमाडौँ गोल्डेन्ससित खेल्नेछ । उक्त खेलमा हार जीत जे भए पनि चितवन फाइनल पुग्नेछ ।

दोस्रो स्थानमा रहेको बुटवलले बुधवार विराटनगर टाइटन्ससँग खेल्ने छ । बुटवलले उक्त खेल जिते फाइनल यात्रा सुरक्षित रहनेछ । पराजित भएमा अरू टोलीको नतिजामा भर पर्नुपर्नेछ । काठमाडौँले अन्तिम खेलमा चितवनलाई हराउनै पर्ने स्थिति छ । काठमाडौँले जित हासिल गरे विराटनगर र पोखराको यात्रा समाप्त हुनेछ । चौथो स्थानमा रहेको विराटनगरले अन्तिम खेलमा बुटवललाई हराए पनि प्ले अफको यात्रा सहज देखिँदैन । 

पाँचौ स्थानमा रहेको पोखरा पल्टनले आज अन्तिम स्थानमा रहेको धनगढीसँग खेल्दै छ । धनगढी प्रतियोगिताबाट बाहिरिएको छ भने पोखराको पनि प्ले अफमा पुग्ने सम्भावना न्यून छ । मङ्गलवार चितवन र काठमाडौँबिच तथा बुधवार बुटवल र विराटनगरबिच लिग चरणको अन्तिम खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल शनिवार तय गरिएको छ । 

दश दिनअघि सुरु भएको पोखरा प्रिमियर लिगको उपाधि विजेता टालीले रु २७ लाख पुरस्कार हात पार्नेछन् । उपविजेताले रु १० लाख प्राप्त गर्नेछन्। क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा सुरु भएको प्रतियोगिता पुस १२ गते सकिनेछ । प्रतियोगितामा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन्स वारीयर्स र धनगढी एक्स्पर्ट खेलिरहेका छन् । प्रतियोगिताको म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल पाउने छन् । यस्तै मोस्ट भ्यालुएबल खेलाडीले रु एक लाख तथा उदीयमान खेलाडीले रु ५० हजार पुरस्कार पाउने छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x