माछापुच्छ्रे बैंक लि.र सिप्रदी ट्रेडिङ्ग प्रा.लि बीच सम्झौता

ज्ञानमाण्डू।माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लि का ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल (Heavy and Light Commercial Vehicle) खरिदमा माछापुच्छ्रे बैंक लि. ले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको बैंकले जानकारी दिएको छ ।

उक्त सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ्ग प्रा.लि को तर्फबाट अध्यक्ष श्री राजन बाबु श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइराला ज्यूले हस्ताक्षर गर्नुभएको बैंकले थप जानकारी दिएको छ ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत सिप्रदी ट्रेडिङ्ग प्रा.लि का देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमि कर्मसियल (Heavy and Light Commercial Vehicle) खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने बैंकले उल्लेख गरेको छ । 

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस (POS Machine) मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको कुरा बैंकले यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x