नेपाल राष्ट्र बैंकले दियो ग्लोबल आइएमई बैंक र जनता बैंकलाई गाभिन सैद्धान्तिक स्वीकृति

ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई बैंक र जनता बैंक नेपालको मर्जर निर्णयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकका गभर्नर डा. नेपालले आर्थिक वर्ष ७६ /७७ को मौद्रिक नीति जारी गर्नु अघि मर्जरका लागि तयार हुन निर्देशन दिएपछि यी दुई बैंक मर्जरमा जान राजी भएका थिए।

मर्जर पछि, बैंकको नाम ग्लोबल आईएमई बैंक लिमिटेड रहनेछ। ग्लोबल आईएमई बैंकका ५ सदस्य र जनता बैंकका २ सदस्य गरि सञ्चालक समिति (बीओडी) गठन गरिनेछ । चन्द्र प्रसाद ढकालले सञ्चालक समितिको अध्यक्षता गर्नेछन् भने परशुराम कुँवर क्षेत्रीले बैंकको प्रमुख कार्यकारी अधिकृतको र महेश शर्मा ढकालले नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् । 

मर्जरपछिकाे संस्था:
  • नाम:  ग्लोबल आइएमई बैंक लि.
  • चुक्तापूँजी: १७ अर्ब ११ करोड हाराहारी 
  • अध्यक्ष: श्री चन्द्रप्रसाद ढकाल
  • प्रमुख कार्यकारी अधिकृत: श्री पर्शुराम कुँवर क्षेत्री
  • शाखा संख्या: २७८ 
  • निक्षेप: करिब १ खर्ब ८७ अर्ब ८८ करोड रुपैयाँ (चैत मसान्तसम्मको तथ्यांकमा आधारित)
  • ऋण लगानी: एक खर्ब ७० अर्ब रुपैयाँ माथि

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    0%
    0%
    0%
    0%
    0%
    0%

    प्रतिकृया दिनुहाेस्

    बैङ्किङ्ग निर्देशन/सूचना

    ad x