गैर व्यवसायिक कर्जा प्रवाह गर्दा ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशत कायम गर्नुपर्ने

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले एक परिपत्र जारी गर्दै सो बैंकद्धारा इजाजतप्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि एकिकृत निर्देशन, २०७६को विभिन्न निर्देशनहरुलाई संशोधन/थप गरि ऋण भुक्तानी आम्दानी अनुपात कायम गर्ने सम्बन्धमा निर्देशन जारी गरेको कुरा जनाएको छ। 

बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत प्रकृतिका आवधिक कर्जा, घर कर्जा तथा हायर पर्चेज कर्जा लगायतका किस्ता भुक्तानीमा आधारित गैर व्यवसायिक कर्जा प्रवाह गर्दा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा ५० प्रतिशत कायम गर्नुपर्ने कुरा निर्देशनमा उल्लेख गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x