सानिमा बैंकको नाफा १ अर्ब ६ करोड, वितरण याेग्य मुनाफा ८९ कराेड माथि

sanima bank

ज्ञानमाण्डू। सानिमा बैंकको नाफा ७.३८ प्रतिशतले घटेकाे छ । आ.व. २०७६/७७ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले १ अर्ब १४ करोड ७४ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैंकले १ अर्ब ६ करोड २७ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।


९ अर्ब ६८ करोड १५ लाख १९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सानिमा बैंकले १ खर्ब १० अर्ब २४ करोड १४ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ०१ अर्ब ६४ करोड १९ लाख ४२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३ अर्ब ६८ लाख ७३ हजार रुपैयाँ र संचित मुनाफा ८९ कराेड २६ लाख ५८ हजार रूपैयाँ रहेको छ ।
 
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ७.९८ प्रतिशतले घटेर १ अर्ब ९९ करोड ५० लाख ७६ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ८९ कराेड २६ लाख ८ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात ०.५८ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ २८ पैसा छ र मूल्य आम्दानी अनुपात १६.७६ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x